
भाइबरले ‘२०२२ को फुटबल अभियान’अन्तर्गत प्रयोगकर्ताहरूलाई ‘अनुमान गर्नुहोस् र जित्नुहोस्’ प्रतियोगितासमेत ल्याएको छ । यसमा च्यानलका सदस्यले गेमहरूबारे सही भविष्यवाणी गरी साप्ताहिक पुरस्कार जित्न सक्ने कम्पनीले जनाएको छ । नेपालमा भाइबरले हाइसेन्स ब्रान्डको आधिकारिक विक्रेता नवीन डिस्ट्रिब्युटर्ससँग साझेदारी गरेको बताएको छ । साझेदारीअनुसार ५ भाग्यशाली प्रयोगकर्ताले सही अनुमान गरे भाइबरका तर्फबाट नोभेम्बर २० देखि डिसेम्बर १८ सम्म हाइसेन्सको ३२ वा ४३ इन्चको टीभी जित्न सक्ने कम्पनीको भनाइ छ । स्रोतः कान्तिपुर संवाददाता